Logo

राजनीति

‘प्रधानमन्त्रीमा ओलीको निरन्तरता अब अस्वीकार्य छ  : काँग्रेसका नेता थापा  



सर्लाही,नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नरहेको बताएका छन् । नेपाल प्रेस युनियन सर्लाही शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले अब प्रधानमन्त्रीलाई बिदा गर्नेतर्फ काँग्रेसका नेता कार्यकर्ता लाग्नुपर्ने बताए ।

पहिले सरकारमा जाने नजाने भन्दा पनि सरकार कसरी हटाउने भन्नेमा अब काँग्रेसले ध्यान दिनुपर्ने तथा प्रधानमन्त्रीलाई निरन्तरताबाट हटाउनेतर्फ लाग्नु पर्नेमा नेता थापाले बताए। यसको लागि काँग्रेसका कार्यकर्ताले अरुको मुख ताक्नु भन्दा आफैंले भएपनि अविश्वासको प्रस्ताव ल्याउन अग्रसर हुनुपर्ने उनको भनाई थियो ।

एउटा फरक प्रसंगमा उनले भने, यदि साँच्चिकै देश विकास गर्ने हो भने देशको प्रधानमन्त्री बन्नु भन्दा पहिले पाँच वर्षको लागि जनताले देश चलाउन कुनै पनि पार्टिलाई म्यानडेट दिए हुने र देश विकास गर्न प्रधानमन्त्री बनेको दिनदेखि बाहिरिने दिन सम्मको तालिका बनाएर लागे मात्र देश विकास हुने बताए।

यो बेलामा काँग्रेस सरकारमा जाने हतारो गर्नुभन्दा पनि संविधान रक्षाकै निमित्त उभिन जरुरी रहेको र त्यसका लागि जिम्मेवारी लिने व्यक्तिले कुनै पनि निर्णय लिनु अघि गम्भिर भएर सोच्न आवश्यक रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार  ५ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।