प्रतिनिधि सभाको बैठक पुन : १५ मिनेटका लागि स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुले लगातार नाराबाजी गरेपछि दोश्रो पटक फेरि १५ मिनेटको लागि संसद बैठक स्थगित गरेका हुन्।
शुक्रबार बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी सुरु गरेको थियो। एमालेको नाराबाजीका कारण पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
दोस्रो बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी जारी राखेका थिए। एमालेको अवरोध र नाराबाजीकै कारण सभामुख सापकोटाले बजेट सम्बन्धी अध्यादेश पेस गर्न दिएका थिए।
सभामुखको अनुमतिपछि अर्थमन्त्री जनार्दन शर्भाले बजेट सम्बन्धी अध्यादेश पेस गरेका छन्।





















प्रतिक्रिया