Logo

प्रमुख समाचार

सदनको गतिरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक



सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

‘सभामुखज्यूले भोलि ९२८ भदौ बुधबार० दिउँसो साढे २ बजेका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षरप्रमुखसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ’, सभामुखको प्रेस संयोजक श्रीधर न्यौपानेले भने ।

एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै एमाले सांसदहरूले बुधबार, बिहीबार र आइतबार गरी तीन दिनको बैठकमा नाराबाजी गरेर अवरोध सृजना गरेका छन् ।

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने, सभामुखले माफी माग्नुपर्ने एमालेको माग छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार १६:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।