Logo

प्रमुख समाचार

एमसीसी विरुद्ध विप्लवको सडक प्रदर्शन



मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै विप्लप समूहको प्रदर्शन राजधानीमा सुरु भएको छ । एमसीसी सम्झौता अनुमोदन गर्ने र नगर्ने पक्ष र विपक्षमा देशको राजनीति नै विभाजित भइरहेका बेला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सडक प्रदर्शनमा आएको हो ।

सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।

सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।

बिगत लामो समयदेखि सदनबाट पास गरिनुपर्ने सर्त राखेर आघि सारिएको यो सम्झौता देश र जनताको हितमा छैन भन्दै सडक देखि सदनसम्म बिरोध भैरहेको छ।
एमसीसी सम्झौता खारेजीको माग चर्को रुपमा चलिरहेका बेला अर्थ मन्त्रालयले एमसीसी मुख्यालयलाई केहि प्रश्नको जवाफ माग्दै पत्र पठायो । उक्त पत्रको जबाफ एमसीसी मुख्यालयले भदौ २३ गते पठायो ।

नेपालमा लामो समयसम्म पनि कार्यन्वयन हुन नसकेको एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहउपाध्यक्ष जोनाथन ब्रुक्सको टोली नेपाल भ्रमणमा आउने कुरा बाहिरीएसँगै झनै चर्चाको विषय बन्यो । सुमार नेपाल आएसँगै केहि राजनीतिक दल देशभक्त नेपाली नागरिक र वौद्धिक समुदायले समेत एसको खुल्लेरै विरोध गरिरहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १३:३९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।