Logo

राजनीति

सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि सभामुखलाई दलहरूले के भने ?



सभामुख अग्निप्रसाद सापकोटालाई संसदमा प्रतिनिधित्व गर्ने दलहरूले एमालेलाई सहभागी गराउन सुझाव दिएका छन् । सोमबार बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले सभामुख सापकोटालाई प्रमुख प्रतिपक्षी दल एमालेलाई सहभागी गराउन सुझाव दिएका हुन् । 

‘आजको बैठकमा एमाले सहभागी भएन । यस कारण बैठक निष्कर्षविहीन भयो’, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले भनिन्, ‘अब एमालेलाई सहभागी हुनेगरी सर्वदलीय बैठक राख्न हामीहरूले सभामुखलाई सुझाव दियौँ ।’ 

प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अवरोध सृजना गरिरहेको छ । गत बुधबार, शुक्रबार र आइतबार तीन दिनका प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजीले अवरोध सृजना भएको थियो । 

सदनमा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले सोमबार सर्वदलीय बैठक बोलाइएको थियो । 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १७:३५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।