Logo

राजनीति

ताप्लेजुङमा नेकपा एमालेका दुई पार्टी कार्यालय



ताप्लेजुङमा नेकपा एमालेका २ वटा पार्टी कार्यालय रहने देखिएको छ । एमालेले यसअघि आफ्नो मातहतमा कायम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय रहेको ठाउँमै एमालेको बोर्ड राखेको छ ।

पार्टी विलीन हुनुअघि  दाहाह(नेपालले नेतृत्व गरेको नेकपाको पार्टी कार्यालय रहेको स्थानमै अर्को समूहले नेकपा एमालेको कार्यालय र बोर्ड राख्ने तयारी गरेको छ । २ वटा पार्टी एक हुनुअघि पनि त्यहाँ नेकपा एमालेको पार्टी कार्यालय थियो । माओवादी केन्द्र र एमालेको एकीकरणपछि माओवादी केन्द्रले आफूसँग रहेका फर्निचरसहितका सामग्री नेकपाको पार्टी कार्यालयमा लगेको थियो ।

प्रदेश सांसदसमेत रहेका नेकपा एमालेको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित बलबहादुर साम्सोहाङले पुरानो नेकपा पार्टी कार्यालय रहैकै ठाउँमा एमाले जिल्ला पार्टी कार्यालय रहने बताए ।

 

प्रकाशित मिति : फाल्गुन २५, २०७७ मंगलबार  २ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।