नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले मौरीको गोलो भएको बताएका छन् । बिहीबार काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘मौरीको संगत लागेर गयो भने फूलबारीमा पुगिन्छ । झिँगाको पछि लागेर फूलबारी पुगिँदैन ।
फोहोरको डंगुरमा पुगिन्छ, त्यस कारण मौरीका पछि लाग्नुस् । नेकपा एमाले भनेको मौरीको गोलो हो,’अध्यक्ष ओलीले भने । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड क्रमशः बिलाउँदै गएको टिप्पणी गरेका छन् ।
सडेका, बिग्रेका तत्वहरु पार्टीबाट गए : ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले अष्टलक्ष्मी शाक्यलाई माधव नेपाल फेरी एमालेमा किन आउने भनी प्रश्न गरेका छन् । बिहीबार एमाले काठमाडौँ जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सडेका र बिग्रेका तत्वहरु बाहिरिएको बताएका हुन् ।
‘ सडेका, बिग्रेका तत्वहरु पार्टीबाट गए’, एमालेलाई सिध्याउन खोजिएको थियो, तर एमालेको सचेत पंक्ति जुरुक्कै उठेर रक्षाका निम्ति उभिएकाले पार्टी जस्ताको तस्तै छ’, उनले एमाले सिध्याउन खोजेपनि कार्यकर्ताले बचाएको दाबी गरे ।
उनले अष्टलक्ष्मी शाक्यलाई जवाफ दिँदै ‘केही साथीहरुले माधव नेपाललाई आउनुस् भन्नुहुन्छ, किन आउने रु माधव नेपाल के फुटाउनलाई आवश्यक छ ?’, ओलीले माओवादी केन्द्र एमालेमै रहेको भन्दै नाममात्रै रहेको प्रचण्ड गुट बाहिरिएको बताए ।
















प्रतिक्रिया