माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज बाबुरामलाई भेट्न प्रचण्ड टोेखास्थित निवासमै पुगेका थिए ।
साँझ ७ बजेबाट भएको भेट ८ बजे सकिएको थियो । एक घन्टा लामो भेटमा दुई नेताबीच सत्ता समिकरणबारे कुराकानी भएको थियो ।
यसअघि प्रचण्डले अपरान्ह नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । प्रचण्डले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समिकरणको गृहकार्य गरिरहेका छन् । उनले काँग्रेस या जसपामध्ये एकलाई सरकारको नेतृत्वका लागि मनाउन लागिपरेका छन् । तर, दुवै दलको आ आफ्नै दाबी गरेको बुझिएको छ ।
बाबुरामसँग प्रचण्डको दुई घण्टा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । भट्टराई निवास टोखामा पुगेर दाहालले भेटवार्ता गरेका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएपछि आज पहिलोपटक पार्टीको स्थायी कमिटी बैठक बसेपछि दाहालको सक्रियता बढेको हो । उनले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको बताउने गरेका छन् ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढालेर कांग्रेस, माओवादी केन्द्र र जसपाको सरकार बनाउने दाहालको चाहना छ । यसको लागि उनले आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगपनि छलफल गरेका छन् । संसद्को बैठक भोलि अपरान्ह १ बजे बस्दैछ ।
प्रतिक्रिया