Logo

राजनीति

नेकपा एमालेले फेर्‍यो संसदीय दलको कार्यालयको बोर्ड



नेकपा संसदीय दलको कार्यालयबाट बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) राखिएको छ। नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएको छ।

निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद सचिवालयलाई गराएसँगै नेकपा नामको साइनबोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो।

संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको छ।

सर्वोच्च अदालतको गत आइतबारको फैसलापछि मंगलबार बसेको निर्वाचन आयोगको बैठकले एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको निर्णय गरेको थियो। नेपाल कम्युनिस्ट पार्टी आफ्नो नाममा दर्ता भएकाले सोही नामको ओली-दाहाल अध्यक्ष रहेको दल खारेज गर्न रिट निवेदक ऋषिराम कट्टेलले दिएको निवेदनमा सुनुवाइ गर्दै अदालतले बदर गरी उनकै पक्षमा निर्णय सुनाएको थियो। देशभरका कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम सोमबार देखि नै जारी रहेको छ।

एमाले ब्यूँताइदिएपछि मंगलबार धुम्बाराहीको केन्द्रीय कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ।

प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार  १२ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।