नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले संगठन निर्माणका लागि प्रतिवेदन पेस गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले गठन गरेको कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसाल रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
“बैठकले पार्टीको अहिलेको संगठनात्मक स्थितिको यथार्थलाई राखेर अबको संगठन निर्माणको योजनालाई ठोस रूप दिन अबको केही दिनभित्रै प्रतिवेदन तयार गर्ने गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ,” उनले भने ।
प्रतिक्रिया