नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले शहरी विकासमन्त्री प्रभु शाहलाई फोन गरेर पार्टीले खोजिरहेको बताएपछि प्रभु शाह अचम्म परे ।
बुधवार अपराह्न पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठककै बीचमा श्रेष्ठले शाहलाई फोन गरेर पार्टीमा फर्किन आग्रह गरेका हुन् । ‘पार्टीले तपाईंलाई खोजिरहेको छ’ श्रेष्ठले फोनमा शाहलाई भने ।
त्यसपछि शाहले कुन पार्टी भनेर प्रश्न गरे । ‘माओवादी केन्द्र नि’ ‘तपाईंलाई पर्खिरहेछ’ सञ्चारकर्मीकै अगाडि फोनमा बोल्दै श्रेष्ठले भने ।
पूर्व माओवादी नेता प्रभु शाह यतिबेला एमालेका अध्यक्ष ओलीनिकट बनेका छन् । प्रतिनिधिसभा बिघटनपछि शाहलाई ओलीले मन्त्री बनाएका थिए ।
प्रतिक्रिया