Logo

राजनीति

माधव नेपाल समूहले केन्द्रीय सदस्यहरुको बैठक बोलायो



सर्वोच्च अदालतको फैसलाअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) साविककै अवस्थामा फर्किएसँगै पुनः एमालेको राजनीतिमा सक्रिय हुनका लागि माधवकुमार नेपाल समूहले रणनीति बनाउन थालेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएसँगै एमालेमै फर्कने निधो गरेका माधवकुमार नेपालले बिहीबार नयाँ बानेश्वरमा एमालेका आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आयोजना गरेका छन् ।

सो बैठकले एमालेमा आगामी दिन निर्वाह गर्नुपर्ने भूमिका र रणनीतिका बारेमा खाका तयार पार्नेछ । माधव नेपाल समूहकै केन्द्रीय सदस्य विष्णु रिजालले केन्द्रीय सदस्यहरुको बैठकबाट प्रस्ट रणनीति तयार पारेर अघि बढ्ने बताए 

प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार  ४ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।