Logo

राजनीति

सरकारको तर्फबाट मसँग कसैको कुरा नै भएको छैन् : माधव नेपाल



नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले वर्तमान सरकार फेर्ने वा बचाउने विषयमा सरकारको तर्फबाट मसँग कसैले कुरा नै भएको छैन् ।

बुधबार प्रतिनिधिसभा बैठक सकिएपछि बाहिर निस्किने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले सरकारका मान्छेले आफूसँग कुरा नै नगरेको पनि बताएका थिए ।

नेता नेपाललाई सञ्चारकर्मीले ‘एमालेभित्रैबाट वर्तमान सरकार गिराउन लाग्नुभएको छ भन्ने आरोप छ नि ?’ भनेर सोधेका थिए । जवाफमा नेता नेपालले आफूलाई केही थाहा नभएको बताए ।

वर्तमान सरकारको निरन्तरताको पक्षमा हुनुहुन्छ कि हुनुहुन्न ? भनेर सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा नेता नेपालले भने, ‘सरकारका मान्छेले मसँग कुरै गर्‍या छैनन् ।’

‘सरकार तपाईंहरुकै हैन र ?’ भन्ने प्रश्नमा नेता नेपालले भने, ‘खोइ त्यही भन्छन् ।’

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार १७:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।