Logo

राजनीति

ओली एक मिनेट सत्तामा बसिरहने तुक छैन् : डा. बाबुराम भट्टराई



जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेटपनि सत्तामा बसिरहने कुनै तुक नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीलाई नेपाली प्रतिगमनका मुख्य खलनायकको रुपमा चित्रण गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीले उल्टै अरुको शिकारमा विषाक्त घाँस हालिरहेको पनि आरोप लगाएका छन् । उनले ओली हटाएर देश बचाउनुपर्ने पनि धारणा राखेका छन् ।

उनले लेखेका छन्-“अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो।तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत?यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन।उल्टै उनी अरूको शिकारमा विषाक्त घाॅस हाल्दैछन्!किन नबुझेको?#ओलीहटाऊॅदेशबचाऊॅ” 

प्रकाशित मिति : फाल्गुन २७, २०७७ बिहीबार  ११ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।