Logo

राजनीति

आज पनि कांग्रेस र जसपासँग छलफल गर्दै दाहाल



नेकपा माओवादी केन्द्रले आज पनि प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दै छ । नेता देवेन्द्र पौडेलले आज दिउँसो कांग्रेस र जसपासँगका नेताहरुसँग पार्टी कार्यालय पेरिसडाँडामा छलफल हुने बताए ।

सवोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताईदिएपछि माओवादी केन्द्रले सत्ता साझेदारीलगायतका विषयमा ती दुई दलसँग छलफल जारी राखेको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले दुई दलसँग छलफल जारी राख्नुपर्ने निष्कर्ष निकाल्दै छलफल गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई दिएको थियो । बुधबारै जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेर दाहालसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन २७, २०७७ बिहीबार  १२ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।