Logo

राजनीति

सरकारमा जाने कुरा हुँदै हुन्न भन्ने विषय होइन : महासचिव चन्द



नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारमा जाने र पार्टी एकता हुने विषय हुँदै नहुने भन्ने नभएको बताएका छन् । उनले आफूहरुको प्राथमिकता भने सरकारसँग भएको तीन बुँदे सहमतिकै विषय रहेको बताए ।

विप्लवले आफूहरुको उद्देश्य नेपालको कम्युनिस्ट आन्दोलनलाई एक ठाउँमा ल्याउने रहेको बताए । देश संकटमा रहेकाले समाधानको विषयमा आफूहरु केन्द्रित रहेको बताए । विप्लवले जनमतसंग्रहमा जोड दिए । देशमा एकपटक जनतालाई व्यवस्था रोज्ने अधिकार दिनुपर्नेमा जोड दिए । ‘जनचाहना आमूल परिवर्तन छ,’ विप्लवले भने ।

जनतामा परीक्षण गरेर संसदीय व्यवस्था कि जनताको वैज्ञानिक समाजवाद भन्ने टुंगो लगाउनुपर्ने बताए । उनले भने, ‘यही व्यवस्था मान होइन भने दमन गर्छु भन्न पाइन्छ रु’ जनमतबाट व्यवस्था टुंगो लगाउनका लागि सबै तयार हुनुपर्ने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।