Logo

राजनीति

प्रधानमन्त्री ओली र जसपा नेताविच बालुवाटारमा छलफल हुँदै



प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि बिहीबार बेलुकी जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई भेट्न लागेका छन्। बेलुकी पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्ने तय भएको छ। जसपा नेता केशव झाका अनुसार शीर्ष पाँच नेताले प्रधानमन्त्रीसँग भेट्ने भएका हुन्।

बिहीबार बसेको जसपाको पदाधिकारी बैठकले सत्तारूढ नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रसँग छलफल, भेटघाट र परामर्श गरेर मात्रै निर्णय लिने समझदारी गरेको हो। जसपाका पदाधिकारीहरुको बिहीबारको बैठकले सत्ता सहकार्यका लागि तीनवटै पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग छुट्टाछुट्टै वार्ता गर्ने निर्णय गरेको थियो।

वैठकले नेताहरू डा बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतोले तीन दलसँग छलफल गर्ने जिम्वेवारी तोकेको छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।