सत्ता समीकरणको विषयमा छलफल गर्न जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बिहीबार दिनभर संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद् अध्यक्षद्वय महन्त ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेताद्वय अशोक राई, राजेन्द्र महतोबीच छलफल भएको हो ।
बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोसँग गठबन्धनलाई लिएर वार्ता भएको थियो । त्यसअघि एमालेसँग पनि जसपा नेताहरुको वार्ता भएको थियो ।
जसपाका नेताहरु आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा जुट्ने भएका छन् । सत्ता समीकरणलाई लिएर एमाले र माओवादी केन्द्रको तानातानमा परेको जसपा भने आफैं अन्तरकलहमा फसेको छ । पूर्व राजपा नेताहरू एमालेलाई समर्थन गर्ने पक्षमा छन् भने समाजवादी पार्टी ओली नेतृत्वको सरकारसँग सहकार्य गर्न नहुने अडानमा छन् ।




















प्रतिक्रिया