Logo

राजनीति

जुनसुकै बेला आन्दोलनको आँधीबेरी आउन सक्छ : अध्यक्ष प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले फेरि हिंसामा जाने कुरा नगरेको बताएका छन् । दलित पत्रकार संघको केन्द्रीय अधिवेशनलाई बुटवलमा उद्घाटन गर्दै दाहालले आफूले हिंसामा जाने कुरा नगरेको प्रष्ट पारेका छन् ।

फेरि एउटा क्रान्तिको पक्षमा आफू रहेको भएपनि अब हिंसाको बाटोबाट नभएर शान्ति र समाजका लागि नयाँ क्रान्तिको आवश्यकता रहेको दाहालले बताए । अब आफ्नो नेतृत्वमा शान्तिपूर्ण क्रान्ति एकपटक फेरि गर्ने उनले बताए ।

देशमा पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रमले राष्ट्रका विरुद्ध ठूलो षडयन्त्रको आभास भएकोउनले बताएका छन् । उनले नेकपाको एकीकरण विघटनको घटनाले पनि त्यसको पुष्टि हुने बताए ।

उनले भने, ‘जन्मिसकेको बच्चालाई फेरि आमाको कोखमा लगिदिने जस्तो अनौठो घटना देखिन थालेको छ । यो कस्तो अनौठो घटना हो ? उक्त फैसला राजनीतिक षडयन्त्रको उपज भएको दाहालको निष्कर्ष छ ।’

उनले कार्यक्रममा बोल्दै अब माओवादी केन्द्र पुनर्गठन गर्दा गुणात्मक रुपमा दलितहरुलाई स्थान दिने बताएका छन् । ‘महासचिव नै त भन्न सक्दिनँ । तर, अबको पार्टीको पुनर्गठनमा गुणात्मक रुपमा सहभागिता गराउने छुु, उनले भने । सो साँचो कुरा हो ।’ यसरी संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने जस्ता निकै ठूलो षड्यन्त्र भएको उनको आरोप छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १३:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।