Logo

प्रमुख समाचार

एमालेमा छानिए १० टोली नेता, को-को छन् ?



नेकपा एमाले केन्द्रीय समिति बैठकमा समूहगत छलफल सकिएको छ ।

शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा १० समूह बनाएर भएको छलफल सकिएको हो ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो ।

बैठकले दशवटै समूहको टोली नेता समेत चयन गरेको छ । प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा ,लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराईले छलफलको निष्कर्ष सुनाउनेछन् ।

समूहगत छलफलको सुझावपछि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख बिष्णु पौडेलले जवाफ दिनेछन् ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार १९:०९   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।