Logo

राजनीति

ओलीतिर लागेका माओवादी नेतालाई प्रचण्डको सन्देश : ‘फकाइँदैन, उतै बसे हुन्छ’



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली समूहमा लागेका पूर्व माओवादी नेतालाई एमालेमै बस्न सुझाव दिएका छन् ।

बुटवलमा शुक्रवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले त्यस्ता नेताहरूले फकाउन मन लाग्न छाडेको बताए । ‘आजभोलि त्यस्ता मान्छेलाई फकाउन मन लाग्न छोड्या छ । फकाउन पटक्कै मन छैन । केही साथीहरूले तपाईंले भने फर्किन्छु भन्या छन् भन्छन्, भो फर्किन पर्दैन, उतै बसे हुन्छ, दाहालले भने, ‘बरु यहाँ आएर रोए भने म पग्लिन्छु कि भन्ने डर छ ।’

उनले भाँचिएका, कुच्चिएकाहरूलाई फकाउँछु भन्दा हालत खराब भएको बताए ।

‘फेरि पनि जोड दिएर भन्नुपर्ने कुरा के हो भने टेक्नचाहिँ आफ्नै खुट्टामा टेक्नुपर्ने रहेछ । अलिअलि त्रुटि मैले पनि गरेछु,’ दाहालले भने, ‘यसलाई फकाएर होला कि, उसलाई फकाएर होला कि भनेर बिग्रिएका, कुच्चिएका, भाँच्चिएकालाई फकाउँछु भन्दा हालत खराब भयो । के गरें भनेर मैले अहिले आत्मसमीक्षा गर्न थाल्या छु । त्यस्तालाई भन्दा त दृढतापूर्वक प्रचण्ड बनाउन मेहनत गरेका साथीहरूलाई भरोसा गरेको भए त यो दिन त देख्न पर्दैन थियो नि ?,

दाहाल पूर्व माओवादीबाट ओलीलाई साथ दिएकामध्ये ३ नेतामाथि बढी आक्रामक देखिए । उनले रामबहादुर थापा ,बादलु र टोपबहादुर रायमाझी सिधै इंगित गरे भने मणि थापालाई नाम नलिई कटाक्ष गरे ।

 

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १५:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।