Logo

राजनीति

एमालेको दसौं महाधिवेशन मंसिरमा,बादलसहितका माओवादी नेता केन्द्रीय सदस्यमा मनोनीत



प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले आगामी २०७८ साल मंसिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन तय गरेको हो ।

बैठकले एमालेले सातै प्रदेशको इन्चार्ज तोकेको छ । बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।

बैठकले रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।