Logo

राजनीति

सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस



न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको छ ।

शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत पाटनमा कार्यरत चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

त्यस्तै बैठकले १६ जनालाई विभिन्न उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव ऋषि भण्डारीलाई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिस गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १७:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।