Logo

राजनीति

सरकारबाट तत्काल फिर्ता हुन माओवादीका मन्त्रीहरुलाई निर्देशन



नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टीका तर्फबाट मनत्री बनेका नेताहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ । आज बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देशन गरेको  प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन् । 

उनीहरु पार्टीमा नफर्की केपी ओली नेतृत्वको एमालेतिर लागेका छन् भने एमालेले केन्द्रीय सदस्यसहितका जिम्मेवारी समेत दिइसकेको छ । तत्कालीन नेकपामा विवाद हुँदा उनीहरु ओलीतिर लागेका हुन् भने त्यतिबेला ओलीलाई सहयोग गर्दा मणि थापा, प्रभु साह र लामाले मन्त्री बन्ने मौका पाएका थिए । उनीहरुले राजीनामा नदिए कारबाही गर्ने तयारी  माओवादी केन्द्रको रहेको बुझिएको छ । 

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार १२:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।