Logo

राजनीति

जसपा आफैं सरकारको नेतृत्व गर्ने, अरूकाे भर्याङ नबन्ने



जनता समाजवादी पार्टी (जसपा) ले अहिलेको अवस्थामा नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको छ । सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले नयाँ बन्ने सरकारको नेतृत्व दावी गर्ने तर कुनै दलको भर्याङ नबन्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता राजकिशोर यादवले अब जसपाले नै सरकारको नेतृत्व गर्नुपर्ने पार्टीभित्र एकमत रहेको बताए ।यस बिषयमा अन्य दलहरुसंग पनि छलफल गर्ने उनले बताए । बैठकले संसदीय दलको बैठक विधान र नेताको टुङ्गो पनि लगााउन सकेन ।

विधान मस्यौदा समितिले छलफलका लागि समय माग गरेकाले बिधान पारित हुन नसकेको यादवले जानकारी दिए । विधान स्वीकृत भएपछि मात्रै दलको नेता चयन हुने यादवले बताए ।सरकारसँग अहिले कार्यदल बनाएर भइरहेको छलफल रेशम चौधरीको रिहाइका लागि मात्रै भएको जसपाको भनाई छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार १४:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।