एमाले अध्यक्ष केपी ओलीले जिम्मेवारी खोसेको चौबीस घण्टा नवित्दै नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षीय गुटले समानान्तर कमिटी बनाएको छ । केपी ओली पक्षले एकलौटी निर्णय गरी खनाल–नेपाल समूहलाई एक्ल्याएपछि समानान्तर केन्द्रीय कमिटी गठन भएको हो ।
विस्तारित कमिटीको प्रदेश १ प्रमुखको जिम्मेवारी भीम आचार्य, प्रदेश २ घनश्याम भुसाल, प्रदेश ३ अष्टलक्ष्मी शाक्य, प्रदेश ४ सुरेन्द्र पाण्डे, लुम्बिनी– कर्णाली युवराज ज्ञवाली र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ ।
यस्तै, युवा विभागको जिम्मा रघु पन्तलाई, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्टलाई, प्रचार विभागको जिम्मा योगेश भट्टराईलाई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र एकलौटी ढंगले निर्णय गर्दै आफूहरुलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेपछि सो पक्षले आवश्यक रणनीति तय गरेको हो । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र बैठकमा बोलाएर आफू र महासचिवबाहेक नेपाल र खनाल पक्षका नेताहरूलाई जिम्मेवारीविहीन बनाउँदै विभिन्न विभागमा हेरफेर गरेका थिए ।




















प्रतिक्रिया