Logo

राजनीति

ओलीको नयाँ हिटलरी शैली रोक्न संयुक्त आन्दोलन : नेता महर



नेपाली कांग्रेसका नेता एवम् नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गैर संवैधानिक र जनभावना विपरितका हर्कत रोक्नका लागि सर्वदलीय संयुक्त संघर्ष गर्ने  बेला आएको बताएका छन् ।

 नेपाली कांग्रेस जिल्ला कार्य नवलपुर पूर्वको आयोजना कावासोतीमा आज सम्पन्न प्रशिक्षण कार्यक्रममा बोल्दै  नेता महरले ओलीका पछिल्ला जनविरोधी र प्रजातान्त्रिक मूल्यमान्यता विरुद्धका गतिविधी नरोके व्यवस्थामाथि नै चुनौती थपिन सक्ने भन्दै अग्रगमनकारी शक्तिहरु गम्भीर बन्नु पर्ने बताउनु भएको छ ।

‘जनताको साथ लिएर संयुक्त संघर्षबाट केपी वली नेतृत्वको जंगली राजको अन्त्य गर्न जरुरी छ । होइन भने जनताको ठूलो त्याग र संघर्षबाट प्राप्त प्रजातान्त्रिक व्यवस्थामाथि नै खतरा उत्पन्न हुनसक्छ । नेता महरले सम्बोधनका क्रममा भने, तत्कालिन माओवादी केन्द्रसँगको स्वार्थप्रेरित एकता र तत्कालिन मधेशवादी दलको समर्थन पाएपछि केपी ओलीले सर्वसत्तावादी चरित्र देखउन थाकेको र यहाँसम्म आइपुग्दा अराजकताको हद पार गरिसकेका छन् ।’

काण्डै काण्डहरुको जगमा संसद  विगठन सम्मको  महाकाण्ड घटाउन अग्रसर  ओली  सरकारको बिरुद्धमा आन्दोलित हुनु पर्ने बेला आएको।  केपी ओलीको नयाँ हिटलरी शैली रोक्नका लागि कांग्रेसले आफ्नो अग्रसरतामा सबै दललाई साथमा लिएर गम्भीर समीक्षा साथ वर्तमान परिवर्तनको खिलापमा हुनथालेका सवै षड्यन्त्र लाई परास्त गर्नु पर्छ, महरको भनाइ थियो ।

Nain_Singh_Mahar1.jpg

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार १६:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।