संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको दिन कर्णाली र सुदूरपश्चिमको प्रदेश सरकार ढल्ने बताएका छन् ।
नेकपा एमालेका नेतासमेत रहेका मन्त्री ढकालले वीरेन्द्रनगरमा आयोजित उक कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै दुवै प्रदेशमा माओवादी नेतृत्वमा रहेको सरकार ढल्ने बताए ।
मन्त्री ढकालले भने, ‘केन्द्रमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएमा कर्णाली र सुदूरपश्चिमको सरकार रहला कि नरहला, यो म अनुमान गर्न सक्छु, घोषणा गर्न सक्दिनँ ।’
मन्त्री ढकालले केन्द्र सरकारको नीति र नेतृत्वभन्दा ठीक उल्टो दिशातर्फ हिँड्ने काम गरेमा प्रदेश सरकारको आयुको हिसाव हुने पनि बताए । नीतिभन्दा बाहिर गएका कोहीलाई पनि एमालेले जोगाउन नसक्ने उनले बताए ।




















प्रतिक्रिया