नेकपा (माओवादी केन्द्र)ले पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्ने भएको छ।
आइतबार मध्यान्हदेखि पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको केन्द्रीय समितिको बैठकमा पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्न औपचारिक रुपमा प्रस्ताव गएको एक नेताले बताए।
बुधबार र बिहीबार बसेको पार्टी स्थायी समिति बैठकमा नाम परिवर्तन गर्ने विषयमा सहमति जुटेको र सोही नाम आजको केन्द्रीय समिति बैठकमा पेस गरिएको ती नेताले बताए।
केन्द्रीय समितिमा आवश्यक छलफलपछि आजै पार्टीको नाम परिवर्तन गर्ने निर्णय हुनसक्ने नेताहरुले बताएका छन्। माओवादीले अन्य पार्टीबाट आफ्नो पार्टीमा आउनेहरुलाई सहज हुनेगरी दलको नाम परिवर्तन गर्न लागेको हो।




















प्रतिक्रिया