Logo

राजनीति

कांग्रेस र जसपासँग मिलेर ओली सरकार ढाल्नै पर्छ : प्रवक्ता श्रेष्ठ



नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार गठन गर्नु नै अहिलेको आवश्यकता भएको बताएका हुन् । अति नराम्रोलाई परास्त गर्न कम राम्रो स्टेप चाल्नुपर्ने भएको छ। तत्कालीन स्थितिमा सरकारबाट ओलीको बिदाइ पहिलो कदम हुनेछु, उनले भने, ‘यसका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग निरन्तर संवाद भइरहेको छ। चाँडै हामी ओलीलाई सरकारबाट बिदा गर्ने अवस्थामा पुग्छौँ।’

बैठकमा उनले जसपाको पूरै साथ चाहिने भएकाले कुनै पनि पक्षका नेताहरुलाई चिढ्याउन नहुने पनि धारणा राखेका छन्। ‘जसपाका कुनै पनि पक्षलाई आक्रमण गर्नु उचित हुँदैनु, उनले भने, ‘प्रधानमन्त्रीले जसपालाई सरकारमा लान पहल गरिरहेकाले माओवादी केन्द्र थप चनाखो हुनुपर्ने भएको छ।’

प्रवक्ता श्रेष्ठले अहिले माओवादी केन्द्रको उद्धेश्य कुनै पनि हालतमा ओलीलाई सरकारबाट विदा गर्ने नै रहेको बताए। ‘कांग्रेस र ‘जसपापार्टीसँग मिलेर ओली सरकार ढालेर नयाँ सरकार बनाउनु अहिलेको मुख्य खाँचो होु, उनले भने, ‘वैदेशिक हस्तक्षेपकारी शक्ति र यहाँको प्रतिक्रान्तिको प्रक्रिया यही सरकारमार्फत चलिरहेको छ। त्यसैले अहिलेको पहिलो राजनीतिक कार्यभार ओलीलाई विस्थापित गरेर नयाँ सरकार बनाउनु हो।’

प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।