Logo

राजनीति

धमलाले हिन्दू राष्ट्र बनाउने तपाईको चाहना हो भनेर सोधेपछि ओलीको उत्तर यस्तो…



प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाललाई हिन्दूराष्ट बनाउनुपर्छ भनेर जनमतसंग्रहको माग गरेको कुरा आफूले नसुनेको प्रतिक्रिया दिएका छन् ।

हिजाे राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले सोधेको तपाई र विप्लवबीच जनमतसंग्रहमा जाने भित्री सहमति भएको छ अरे भनेर बाहिर चर्चा भएको छ, नेपाललाई हिन्दूराष्ट बनाउने ? यो कत्तिको सही हो ? प्रश्नमा प्रधानमन्त्री ओलीले भने-“नेत्रविक्रम चन्दले हिन्दूराष्टको माग गर्नुभएको छ र ? मैले त सुनेको छैन त त्यस्तो कुरा ।”

पत्रकार धमलाले हिन्दू राष्ट्र बनाउने तपाईको चाहना हो भनेर सोधेको अर्को प्रश्नमा उनले भने-“नेपाल धार्मिक स्वतन्त्रता भएको देश हो । नेपाल सबै जातजाति, भाषा, भाषीहरु आस्था र विश्वासहरु भएका समूदायहरु, विभिन्न पेशा व्यवसाय जनताको साझा देश हो ।

 यसलाई विवादको भूमरीमा पार्न खोज्ने, साम्प्रादायिकतामा तान्न खोज्ने, यो कुराहरु उचित होईन । हामीले साम्प्रादायिक सद्भावका साथ, विविधतामा एकताको नाराको साथ कुनैपनि हिसाबले तनाव बढाउने, कुनै हिसाबले जनताको मनमा ठेस पुर्याउने कुनै हिसाबले काम गर्नुहुँदैन् । यो सबैको साझा देश हो । यस साझा देशलाई सबैले समृद्ध बनाउनुपर्छ । 

आधुनिक देश बनाउनुपर्छ । यसलाई अत्यन्त शिष्ट, सभ्य र मर्यादित बनाउनुपर्छ । समान अधिकार अवसर भएको, सूरक्षाको सबैलाई प्रत्याभुति भएको, कोही पनि डर, त्रासमा बस्नु नपर्ने, सम्मानित जीवन सबैले बाँच्न पाउने स्थिति भएको देश निर्माण गर्नुपर्छ । सबै मिलेर सबैको लागि । त्यसो भएर समृद्ध नेपाल, सुखी नेपाली को राष्टिय आकांक्षा हामीले तोकेका छौं । त्यसअन्तर्गत हामी जान्छौं । विवादतर्फ होईन् ।”

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार ०८:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।