काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छोडेर गएकाहरुलाई जुटेर पार्टी एकतामा आउन आव्हान गरेका छन् । माओवादी फुट्दा प्रतिक्रियावादीहरुले हेप्ने, घेरा हाल्ने गरेको भन्दै मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलगायत सबै एक ठाउँमा आउनुपर्ने बताएका हुन् ।
प्रचण्डले विभाजन भएका माओवादीहरु एक जुट भर नयाँ जनयुद्ध गर्ने बेला भएको पनि बताए । आज काठमाडौँमा आयोजित एक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
‘हामीलाई यसैगरी हेप्ने, घेरा हाल्ने हो भने नयाँ जनयुद्धमा जान्छु मैले भन्दै आएको छु,’ ‘जनयुद्ध भनेर हतियार उठाउने भूमिगत हुने भनेको होइन जनताको साथ लिएर सडकमा जाने भनेको हुँ । यसरी गइयो भने यिनीहरुले बनाएको निर्वाचन प्रणाली, शासकीय स्वरुपलाई फाल्न सकिन्छ ।’ प्रचण्डले भने ।






















प्रतिक्रिया