Logo

राजनीति

कम्युनिष्टबाट नेपाली जनतालाई ठूलो धोका : कांग्रेस सह महामन्त्री डा. महत



नेपाली काँग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महतले नेपालका कम्युनिष्टहरुले नेपाली जनतालाई ठूलो धोका दिएकोले अब कहिल्यै पनि सत्तामा नआउने दाबी गरेका छन् । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघको प्रथम सुदूरपश्चिम सम्मेलनलाई आज कैलालीको धनगढीमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले भने-कम्युनिष्टहरुले सोझा सीधा नेपाली जनतालाई चुनावदेखि अहिलेसम्म नराम्ररी धोका दिएको कुरा सबैले थाहा पाएका छन्, अब नेपाली जनताले उनीहरुलाई सत्तामा कहिल्यै पठाउने छैनन् ।

सहमहामन्त्री डा. महतले चुनावका बेलामा यो पनि गर्छु, त्यो पनि गर्छु भनेर जनतालाई झुक्काएको र अहिले आएर आफ्नै मतदातालाई धोका दिएको बताए ।

चुनावका बेलामा अहिलेका प्रधानमन्त्री केपी ओलीले कहिले कुन डाँडामा र कहिले कुन डाँडामा पुगेर नेपालमा रेल ल्याउने बाटो भन्दै दुरबीनले हेर्ने र मिडियामार्फत प्रचार गर्ने गरेको तर सत्तामा आएपछि भ्रष्टचारमा मात्र लिप्त भएको आरोप लगाए ।

हुनै नसक्ने र गर्नै नसक्ने काम पनि गरिदिने भन्दै जनताका आँखामा छारो हाल्दा पनि उनीहरुलाई जनताले मत दिएको भन्दै तर आज तिनै जनता नराम्ररी पछुताएको र कम्युनिष्टहरुलाई आफूहरुले चिनेकोले अब कहिल्यै उनीहरुका गफ नपताउने प्रतिक्रिया दिने गरेको डा महतले बताए ।

तर पनि उनीहरुले गर्दै नगरेको कामको प्रचार गर्ने, काँग्रेसले गरेका कामहरु पनि आफूले गरेको भनेर ढाँटेर प्रचार गरेको डा. महतले बताए । उनले भने-कम्युनिष्टहरुको गर्ने झुठ शैली रहेको भन्दै यसले अन्ततः उनीहरु कति पानीमा रहेछन् भन्ने कुरा छर्लङ्गै देखाइदिएको उनले बताए ।

मुलुकका ढिलो चाँडो चुनाव हुने र काँग्रेसले देशव्यापी रुपमा कम्युनिष्टहरुलाई हराउने अभियान सञ्चालन गर्ने उनले बताए । डा.महतले भने-एउटा प्रजातान्त्रि पार्टीका रुपमा काँग्रेस जहिले पनि चुनावको पक्षमा रहेको छ र त्यसका लागि तयारी गर्न देशव्यापी अभियान सुरु गरिने छ । उनले भने अबको निर्वाचनमा नेपाली काँग्रेसले स्पष्ट बहुमत ल्याउने दाबी पनि गरे ।

देशमा समावेशी शासन व्यवस्था, महिला अधिकार तथा विभिन्न जातीय अधिकारका लागि नेपाली काँग्रेसले नै अगुवाई गरेको उनले बताए । महिला, जनताजति तथा दलितको प्रतिनिधित्वका लागि नेपाली काँग्रेसले वर्तमान संविधान र आवश्यक अन्य कानुनका लागि लडेको उनले स्मरण गरे ।

डा. महतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मगरसहित नेपालका जातजातीहरुको ठूलो योगदान रहेको चर्चा पनि गरे । त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरेर १६० जनाभन्दा स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

160121116_1651803871692150_3748390362883832362_n.jpg

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १३:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।