Logo

राजनीति

भेटवार्तामा ओली पक्ष अटेर बन्यो : नेता रावल



नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता डा. भीम रावलले ओली पक्ष अटेर भएको बताएका छन् । 
 
तीन महिनापछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबिच भएको भेटवार्तामा आफूहरूको कुरा सुने पनि त्यसमा कुनै चासो नै नराखेको नेता रावलले जिकिर गरेका छन् ।
 
उनले भने,‘ बैठकमा हामीले आफ्नो कुरा राख्यौ उहाँहरूले पनि आफ्नो पक्षबाट आफ्नो कुरा राख्नुभयो । तर हाम्रो पक्षको कुरामा ओली पक्षले अटेर गर्‍यो । हामीले फागुन २८ गते गरिएको भनिएको निर्णयमा असहमति जनाएका हौँ। जुन निर्णय पार्टी विधानअनुसार छैन । 
 
यसरी पार्टीको विधान विपरीत भएको कुरामा पनि अर्को पक्षले स्वीकारेको सुन्न पाएनौँ। कुरा मिलेन।
 
उनले भने  ‘हामीले सर्वोच्चको फैसलाअनुसार पार्टीलाई ३ वर्षअगाडिको अवस्थामा नै फर्काउनुपर्ने कुरा राख्यौँ । यसका लागि २८ गतेको बैठकले गरेका निर्णय रद्द गर्नुपर्छ । तर, प्रधानमन्त्रीले भने अस्तिको बालुवाटार बैठकबाट भएका निर्णय फिर्ता लिने इच्छा देखाउनुभएन ।’

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १४:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।