Logo

राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित



नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित भएको छ। 

आज दोस्रो दिन पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० जना नेताहरुले आ(आफ्नो धारणा राखेका थिए। 

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका आनुसार सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने गरी गरेको फैसलामाथि छिट्टै पुनरावलोकनका लागि जाने निर्णय भएको छ।

नयाँ सरकार गठनका लागि संसदमा रहेका तीन पार्टीसँग वार्ता गर्नुपर्ने र पार्टीको सांगठनिक क्रियाकलाप बढाउनुपर्ने भएकाले बैठक केहीदिन स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।