Logo

राजनीति

र, यसरी वार्ता निष्कर्षमा पुग्न सकेन : भीम रावल



अन्त्य भएको ठाउँबाट शुरु गरौं
नेपाल कम्युनिष्ट पार्टी एमालेको केपी ओली र माधव नेपाल पक्षधरबीचको लामो समयदेखिको तिक्ततापछि  पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्यो । झण्डै ३ घण्टा बैठक बसेपनि कुनै निष्कर्ष निस्किएन । आखिर बैठकमा के भयो त ? एमाले उपाध्यक्ष एवं माधव नेपाल समूहका नेता भीम रावल उनकै शब्दमा….

पार्टीको केन्द्रीय कार्यालयमा दुई घण्टाभन्दा बढी हाम्रो पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेबारे छलफल ग¥यौँ । सर्बोच्च अदालतको फैसलापछि तात्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र जसरी एउटै पार्टी बनेका थिए, अब त्यो स्थिति रहेन । अब हामी नेकपा एमाले र नेकपा माओवादी केन्द्र रहने स्थिति भएपछि स्वाभाविक रुपमा हामी ३ वर्षअघि जुन स्थितिमा थियौँ, त्यही स्थितिबाट हाम्रा काम कारबाही अघि बढ्नुपर्छ भन्ने कुरा स्पष्ट छ । राजनीतिक दृष्टिकोणबाट, कानुनी र अदालतको फैसलाको दृष्टिकोणबाट पनि यो स्पष्ट छ । 

छलफलमा हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीबाट हामी अरु स्थायी कमिटिका सदस्यबाट हामीले आ–आफ्ना धारणा राख्यौँ । हामी जहिले पनि वामपन्थी एकताको पक्षमा थियौँ । आज पनि छौँ र नेपाल कम्युनिष्ट पार्टी नेकपालाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने हाम्रो धारणा रहेको छ भनेर हामीले स्पष्ट गर्‍यौं । उहाँहरुको तर्फबाट पनि पार्टीलाई कसरी एकताबद्ध बनाउन सकिन्छ बनाउने भनेर उहाँहरुले धारणा राख्नुभयो । यस सन्दर्भमा हामीले जब सर्वोच्च अदालतले नेकपा एमाले आजभन्दा तीन वर्ष अगाडि पूर्ववत अवस्थामा फर्कियो, पार्टी एक हुुनुभन्दा अगाडिको अवस्थामा फर्कियो भनिसकेपछि हाम्रा सम्पूर्ण काम कारबााही अब अगाडि फर्किएको विन्दुबाट बढाउनुपर्छ भन्ने कुरा हामीले स्वाभाविक रुपमा राख्यौँ । तर सर्वोच्च अदालतको फैसलासँग अमिल्दो हुने गरी २३ गतेको फैसला भएपछि यता भएका भनिएका कुराको प्रभाव शून्य हुन्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । 

हामीले त्यही कुरा भन्यौँ । तर पार्टी अध्यक्षबाट यसबीचमा जुन काम कारबाही भयो भनिएको खासगरी २८ गते भएको भनिएको हामीलाई कुनै पनि खबर नगरिकन केन्द्रीय कमिटीको कतिपय कुरा जुन गरिएको भनिएको छ , जहाँ बहुमत सदस्य पनि थिएनन भन्ने कुरा हाम्रो जानकारीमा छ , त्यहाँ गरिएका भनिएको निर्णयको प्रभाव पनि स्वाभाविक रुपमा अदालतको फैसला पनि त्यही भएकाले शून्य हुन्छ भन्ने कुरा हामीले तथ्यगत रुपमा राख्यौँ तर त्यो कुरा तदअनुकूल नै स्वीकार्ने कुरा हामीले सुन्नमा पाएनौं । त्यो कुरा भएन, त्यो कुरा नभएपछि हामी त्यसमा सहमत हुने कुरै भएन हामी सहमत हुनै सक्दैनौँ । किनभने सर्वोच्च अदालतले फैसला गरिसकेपछि नेकपा एमाले र नेकपा माओवादी पूर्ववत अवस्थामा गयो भनिसकेपछि संगठनात्मक दृष्टिकोणबाट, राजनीतिक दृष्टिकोणबाट वैचारिक दृष्टिकोणबाट, व्यवहारिक दृष्टिकोणबाट हामी त पूर्ववत अवस्थामा गयौँ नि । अनि त्यो पूर्ववत अवस्थामा गएको कुरालाई स्वीकार गरिएन भने हामीले त्यो कुरालाई मान्ने कुरा आउँदैन । त्यसो हुनाले अब यसभन्दा अगाडि पार्टीबाट कुनै काम गर्नुपर्‍यो, निर्णय गर्नुपर्‍यो भने त सर्वोच्चको फैसला बमोजिम हामी सबै बसेर केन्द्रीय कमिटीका सदस्यहरुको सहभागितामा औपचारिक निर्णयबाट स्थापित कुरा मात्रै सबैको साझा निर्णय हुन्छ । अन्यथा सबैको निर्णय हुन्न । त्यसकारण यो विषयमा कुरा मिलेन । तर फेरि छलफल गर्ने कुरा भएको छ तर छलफल कहिले गर्ने कसरी गर्ने भन्ने भएको छैन । 

फागुन २८ गते जुन प्रकारको बैठक भयो भन्ने कुरा ती कुराहरु औपचारिक पनि थिएनन । सर्वोच्चको फैसला अनुरुप पनि भएन किनभने हामी एकै ठाउँमा बसेर छलफल गरेका थिएनौँ । त्यो कुरा मान्दा सर्वोच्चको फैसला पनि नमानिएको ठहरियो भन्ने हाम्रो तर्क रहेको छ । कुनै ठोस कुरा निस्किएको छैन । अब फेरि कहिले छलफल हुन्छ त्यो कुराको पनि मिति तय भएको छैन । 
एमालेलाई एकताबद्ध गर्ने हाम्रो त आन्तरिक इच्छा हो । हामी गुटको पक्षमा छैनौँ । विभाजत फुट अस्वीकार गर्छौँ । यसलाई सशक्त बनाएर अघि बढाउन चाहन्छौँ । तर त्यो अघि बढाउनका लागि अदालतको फैसला बमोजिम जहाँबाट पार्टीको काम बन्द गरेका थियौँ, त्यहीबाट सुरु गर्नु पर्‍यो नि । 

हामीले यसभन्दा अगाडि स्पष्ट भनिसकेका छौं– हामी नेपाल कम्युनिष्ट पार्टी एमालेको विधान यो भन्दा अगाडिको पद्धति हाम्रा प्रणाली हाम्रो अभ्यास अनुरुप भएका काम कारबाहीमा हामी साझा रुपमा समाधान गरेर अगाडि जान तयार छाँै । हामीले नेकपा एमालेका देशभरिका सम्पूर्ण कार्यकर्तालाई तदअनुरुप अघि बढ्न आह्वान पनि गरिसकेका छौँ । तर त्यसो नगरेर आफूले गरेको काम चाहिँ गरिहाल्ने त्यो कुनै वैध नभएपनि त्यो केन्द्रीय कमिटीको बैठक अनुरुप विधान अनुरुप नभएपनि भए हुने अनि अरुले चाहिँ मानिदिनुपर्ने ? त्यो त राजनीतिक रुपमा हाम्रो पार्टीको वैधानिक दृष्टिकोणबाट पनि स्वीकार हुन सक्दैन । 

हामी यति लामो समयपछि भेटवार्तामा आएको बेलामा यति लामो मतभेदपछिको वार्तामा एकैपटक सबै कुरा ठीकठाक हुन्छ भन्ने त हामीलाई पनि लाग्दैन । र वस्तुवादी तरिकाले हामी सोच्दैनौँ । 
हामीले के भनेका छौँ भने यो पार्टीबाट साझा रुपमा नभएका जे जति कुृरा छन ती कुरा स्थगित गरौँ भन्ने पनि हाम्रो प्रस्ताव हो । ती कुरामा २८ गते बैठकमा भएका निर्णय रद्ध गर्नुपर्छ अनि यो भन्दा अघि हुने सबै काम स्थगित गर्नुपर्छ । हामी ४ गतेको भेला बोलाएका छौँ । २८ गतेको केन्द्रीय कमिटी भनिएको भेलाबाट जुन निर्णय भएका छन, ती कुराहरु सबै स्थगित भए र रद्ध भए भनिए भने ती भन्दा अगाडिका सबै काम स्थगित गरेर साझा रुपमा अगाडि बढ्न तयार छौँ भन्ने हाम्रो साझा धारणा स्पष्ट रुपमा राखेका छौँ । 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १८:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।