Logo

राजनीति

बालुवाटारको चियापानमा खनाल-नेपाल पक्ष नजाने



प्रधानमन्त्री एवं नेकपा  (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा चियापान कार्यक्रम आयोजना गर्दैछन् । बिहान ११ बजेदेखि सुरु हुने चियापान कार्यक्रममा पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको छ । तर, ओलीले आयोजना गरेको चियापानमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्ष भने नजाने भएको छ ।

पार्टी विवाद कायम रहेको अवस्थामा बालुवाटार जानुको औचित्य नभएको नेता योगेश भट्टराईले बताए । अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भन्दै खनाल-नेपाल पक्ष रुष्ट छ ।

नेता भट्टराईका अनुसार यो पक्षले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । चैत ४ र ५ गतेका लागि बोलाइएको राष्ट्रिय भेलाका सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  १० : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।