Logo

राजनीति

माधव नेपाल समूहले पत्रकार सम्मेलन गर्दै



नेकपा एमालेको माधव नेपाल समूहले आज पत्रकार सम्मेलन गर्दैछ । उक्त समूहले भोलि र पर्सि गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्न लागेको प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । गत पुस ५ मा प्रतिनिधि सभा विघटनपछि असन्तुष्ट माधव नेपाल पक्षधरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै आएका छन ।

सर्बोच्च अदालतको फागुन २३ गतेको फैसलापछि व्युतिएको नेकपा एमालेमा माधव नेपाल पक्षधरले गत फागुन २८ मा ओली पक्षले गरेको केन्द्रीय कमिटीको निर्णयको विरोध गर्दै कार्यकर्ता भेला गर्न लागेका हुन । 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १२:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।