Logo

राजनीति

प्रधान सेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता



प्रधान सेनापति पूर्णचन्द्र थापा र पाकिस्तानका नवनियुक्त राजदूत साइद हैदर शाहबीच भेटवार्ता भएको छ । सोमबार राजदूत शाहले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ । भेटवार्ताले दुई देशीय सम्बन्ध सुमधुर बनाउन मद्दत पुग्ने सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  १२ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।