महान पर्वहरु हाम्रो घर आँगनमा आइपुगेका छन् । स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदिबहिनी–दाजुभाइमा यो घडी नेपाली कांग्रेस मंगलमय शुभकामना व्यक्त गर्दछ । पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि नेपाली कांग्रेसले सबैलाई अपील गरेको छ ।
नेपाली कांग्रेसले हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको छ । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरे पश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्लने बताएका छन् ।
खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो । महामारीमाथि विजय हासिल गर्न हामी चांडै नै सफल हुनेछौं भन्ने विश्वास नेपाली कांग्रेसले लिएको छ साथै समस्त नेपालीहरुमा बडा दशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।






















प्रतिक्रिया