Logo

राजनीति

सभामुख नहुँदा कसले गर्ने भयो प्रतिनिधि सभामा अध्यक्षता 



प्रनिनिधि सभाले सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमा संसद बैठकको अध्यक्षता गर्नेहरुको नामावली सार्वजनिक गरेको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकमा अध्यक्षता गर्ने सदनका सदस्यबारे जानकारी दिए ।

सभामुख सापकोटा नहुँदा अबदेखि क्रमशः डिला संग्रौला पन्त, मान बहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेनुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेले क्रमअनुरुप अध्यक्षता गर्नेछन । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको नियम ७५ को उपनियम १० बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न उहाँहरुलाई मनोनित गरिएको हो । 

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  १ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।