तत्कालीन संघीय समाजवादी फोरमबाट सांसद बनेकी सरिता गिरी गत असारमा पार्टीले पदमुक्त गर्यो । तर यसको सूचना भने प्रतिनिधि सभाले बल्ल पाएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरी पदमुक्त गर्न समाजवादीका सचेतकले दिएको सूचनाबारे सदनका सदस्यहरुलाई जानकारी दिए ।
उनले भने –‘ संविधानको धारा ८९ बमोजिम गत असार २५ गते पदमुक्त गर्न सूचना गरिसकिएको र दलको नियमबमोजिम बैठकलाई जानकारी गराउँछु ।’ समानुपातिकबाट निर्वाचित सांसद गिरीको स्थानमा लीलादेवी सिटौला निर्वाचित भैसकेकी छिन ।
प्रतिक्रिया