नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं माधव नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले भोलि र पर्सि हुने कार्यकर्ता भेलामा सहभागी हुनेलाई कारबाही गर्ने भनेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ता तर्साउन खोजेको आरोप लगाएका छन । तर त्यसबाट विचलित नहुन उनले आग्रह गरे ।
भोलि र पर्सि हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पाण्डेले भने – ‘अध्यक्ष कारबाहीबाट मुक्त अन्य कारबाही भागी हुन्नन । हिजो अध्यक्षसहितको भेटमा पनि हामीले स्पष्ट भनेका छौँ । कारबाहीको कुरा अनावश्यक कार्यकर्ता तर्साउन खोजियो तर कार्यकर्ता त्यस कुराबाट विचलित हुन्नन ।’
पाण्डेले अदालतको फागुन २३ गतेको फैसला अनुरुप २०७५ जेठ २ गतेसम्म कायम पदाधिकारी अनुरुपको बैठक मात्र आधिकारिक हुने भएकाले सो अनुरुप चल्नुपर्ने पूर्ववत अडानमा आफूहरु कायम रहेको जानकारी दिए । पत्रकार सम्मेलनमा उनले भने –‘अदालतले एमाले व्युताइदियो जहाँ ब्युतियो त्यहीबाट आरम्भ गर्नुपर्नेमा भएमा ती कामकारबाही कारबाही योग्य छन । अध्यक्ष नै कारबाहीको पात्र हुनुहुन्छ ।’
पाण्डेले भोलिको कार्यकर्ता भेला वैधानिक भएको जिकिर गरे । कार्यकर्ता भेलामा २ हजार बढी अगुवा कार्यकर्ताको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिक्रिया