नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको २५ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला समेटिएका छन् । शुक्रबार भएको मन्त्रिपरिषद् विस्तारसम्म आइपुग्दा ६ जना महिला समेटिएका हुन् ।
यसअघि गत असार २९ गते मन्त्रिपरिषद् विस्तार हुँदा पम्फा भुसाललाई उर्जामन्त्री बनाएको माओवादी केन्द्रले शुक्रबार शशि श्रेष्ठलाई भूमि व्यवस्था तथा सहकारी र बोधमाया यादवलाई शिक्षा राज्यमन्त्री बनाएको छ । आफ्नो पार्टीको भागमा परेको ६ सदस्य मध्येमा माओवादीले ५० प्रतिशत महिला समेटेको हो ।
नेपाली कांग्रसको तर्फबाट महिला सदस्यका रुपमा उमा रेग्मीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएकी छन् । नेकपा (एकिकृत समाजवादी)बाट रामकुमारी झाँक्रीले सहरी विकास र जसपाबाट रेणु कुमारी यादवले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएकी हुन् ।
माओवादी बाहेकका दलले मन्त्रिपरिषद्मा कम महिला समेटेको कारण ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि २४ प्रतिशतले मात्र मौका पाएका छन् ।





















प्रतिक्रिया