Logo

राजनीति

युवालाई उपेक्षा गर्दा मुलुकले समृद्धिकाे बाटाे बिरायाे : डा.स्वर्णिम वाग्ले



देश बनाउने श्रम र शक्ति युवाहरुसँग भएपनि राज्यले उपेक्षा गर्दा युवाहरुले उचित अवसर नपाएको सरोकारवालाहरुले बताएका छन् । युवा सजगता अभियान नेपालले राजधानीमा आयोजना गरेको युवा केन्द्रीत विकास नामक अन्तरक्रियामा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । २०६८ को जनगणना अनुसार १८ बर्षदेखि ४० बर्षको मानिसलाई युवाको बर्गमा पर्छन् । 

अहिले नेपालको जनसंख्या ३ करोड नाघेको छ । कुल जनसंख्याको आधा जनसंख्या २४ बर्ष मुनीको रहेको बताउँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहीसकेका अर्थवीद डा. स्वर्णिम वाग्लेले देश विकासमा युवाहरु सजग र सक्रिय हुनु पर्ने धारणा राखे । “देश सम्बृद्ध हुन नसक्नुका पछाडी युवाहरु प्राथामिकतमा नपर्नु हो, उनले भने “राज्यले युवा पुस्तालाई न त अघि बढाउन चाहयो त काम गर्न चाहाने युवालाई प्रोत्साहन नै गर्न सक्यो ।”

सो अवसरमा उनले आफु उपाध्यक्ष हुँदा चालेका कदमहरु र नेपालको अर्थतन्त्रको खाका पनि प्रस्तुत गर्दै भने  “हामीले गरिहेको बिकासको सुचक कहाँ हो ? उत्प्रेरक कहाँ छन् ? बाधक के हुन् ? यी विषयमा ध्यान दिएर गन्तब्यमा लाग्नु पर्ने देखिन्छ ”।

नेपाली अर्थतन्त्रमा गैरहेका ठुला ठुला कम्पनहरु आर्थिक र सामाजिक कम्पनहरुको बारेमा युवा बर्ग अझ ससक्त भएर लाग्नु पर्ने उनको भनाई थियो । बैज्ञानिक एबं सामाजिक अभियानता महावीर पुनले मुलुकलाई सम्बृद्ध बनाउन युवाहरु चाहिने बताए । आफु सधै युवाहरुको साथमा रहेको चर्चा गर्दै उनले भने “युवा भनेको भविष्यका कर्णधार हु्न् , म पनि ६५ बर्षको युवा हो । 

३३ बर्षे युवा छु । मेरो पुरै जिवन युवा अभियानमा सर्मपित छ ।” उनले देशलाई सम्बृद्धि बनाउने यसकालागि युवाहरु चाहिन्छ भनियपनि ब्यवहारमा त्यसो नभएको बताए । “युवाहरुलाई राष्ट्र निर्माणमा कसरी अघि बढाउने भन्ने महत्वपुर्ण कुरा हो तर खासगरि युवाहरुलाई अघि बढ्नकालागि प्रोत्साहित गर्ने बाताबरण हामीकहाँ छैन, यसैले पनि देशको समृद्धि भएको छैन” उनले भने ।

सरकारले कुनैपनि क्षेत्र,बर्गमा युवाहरुलाई प्राथमिकता नदिएको र यसले गर्दा सरकारले लिएका विकासका लक्ष्यहरु नभेटिएको प्रति लक्षित गर्दै ठट्यौली पारामा भने  “कासी जान तम्सिने रसुवा तिर जाने गरेर हामी एलडिसी भन्दा माथि जान सक्दैनौ ।”

सो अवसरमा महिला उद्यमी प्रमिला रिजाल आचार्यले युवा केन्द्रीत बिकास गर्ने वाताबरण नै नभएको बताईन् । उद्यमशीलतामा युवा वर्गलाई लगाउन सरकारलाई धेरै क्षेत्रबाट फड्को मार्ने भएपनि राज्यले युवाहरुलाई उपेक्षा गरेर बिकास र सम्बृद्धिको सपना बोक्नु न्यायोचित नभएको उनको भनाई थियो । उनले महिलाहरु अझै उत्पिडित भएको बताउँदै सार्बजनिक फोरमहरुमा आफ्नो सहभागिता बढाउन आग्रह गरिन् ।

 कुशल ब्यवस्थापक एबं मोटिवेशनल स्पिकर नरोत्तम आर्यालले आफु सधै युवाहरुको साथमा रहेको र आफुले गरेका अधिकाँश काम युवा लक्षित भएको बताए । युवा उद्यमी शिक्षित भट्टले युवाहरु आफैबाट प्रेरित भएर नयाँ काम गर्न सहज हुने बताउँदै युवाहरुलाई इनोभेटिभ हुन सुझाए । राज्यले युवालाई उपेक्षा गरेपनि अन्तत युवाहरुकै काँधमा जिम्मेवारी थपिएको उनको भनाई थियो । 

गैर आवासीय नेपाली समेत रहेका खाद्य बैज्ञानिक नारायण घिमिरेले युवाहरु प्रति राज्य गम्भिर नभएको बताए । देशको आवश्यकता र औचित्यका आधारमा बुझेर युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्न सकेमा मुलुक सम्बृद्ध हुने उनको भनाई थियो ।

“हरेक तह र तप्कामा के के आवश्यकता छ र त्यो कसरी पुरा गर्न सकिन्छ भन्ने पहिचान नहुदाको अवस्थामा उद्योग खुल्छन्, पहुच र पावरको आधारमा लाईसेन्स दिईन्छ उनले भने “जहाँ समस्याको पहिचान हुन्छ त्यहाँ युवाहरुलाई सहभागिता बनाउन सकिए मुलुकमा युवाहरुको सम्मान हुने र मुलुक सम्बृद्ध बन्न सक्छ ।”

सामाजिक अभियान्ता एबं युवा सजगता अभियान नेपालका अध्यक्ष समेत रहेका ईन्जिनियर चिन्तन पौडेलले युवाको नाममा राजनीति गर्ने युवाको नाममा हतियार समाउने तर तीनै युवा रोजगारीकालागि भारत लगायतका तेश्रो राष्ट्रमा जानु पर्ने बाध्यता रहेकोले अर्थतन्त्रमा युवालाई कसरी सहभागिता बनाउन सकिन्छ कार्यक्रमको आयोजना गरिएको बताए । 

उनका अनुसार युवाहरुलाई देश विकासमा सक्रिय बनाउने उद्येश्यका साथ युवा जागरण अभियान कार्यक्रम तीन बर्ष पहिले स्थापना गरिएको हो । अहिले ७७ वटा जिल्लामा मात्रै नभएर बिश्वका हरेक कुनामा अभियान पुगेको छ ।

पौडलले भ्रष्टाचार बिरुद्धका अभियानमा युवाहरुलाई बढी भन्दा बढी सहभागि बनाएर युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने अवसरको खोजी गर्दै सामाजिक न्यायकालागि आवाज उठाउदै आएको बताए । कार्यक्रममा बिभिन्न क्षेत्रमा बिज्ञता हासिल गरेका बिज्ञहरु पेशाकर्मी, राजनीतिककर्मीका साथै युवाहरुको उपस्थिति रहको थियो ।

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार  ३ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।