सर्बोच्च अदालतले गत फागुन २३ गते माओवादी केन्द्र र एमाले बिचको एकीकरणलाई वैधानिकता नदिएपछि राजनीतिक संकट चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार सिन्धुली पुगेका छन् ।
हुन त प्रयजसो कुनै बोल्ड निर्णय गर्नुपर्ने बेलामा प्रचण्ड उपत्यका बाहिर जाने गरेको पाइन्छ ।
माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार अध्यक्ष प्रचण्ड यति बेला सिन्धुली पुगेका छन् । यसरी राजनीतिक संकट चलिरहेका समयमा प्रचण्ड के कारण सिन्धुली गएका हुन भन्ने प्रश्नमा गजुरेलले भने, ‘विल्कुल रिफ्रेसका लागि आउनुभएको हो । बिहीबार हामी सँगै फर्कन्छौ ।’
गजुरेलले रिफ्रेस हुन सिन्धुली गएको बताए पनि त्यहाँबाट फकिए लगत्तै प्रचण्ड नयाँ निर्णय गर्ने आशंका गरिएको छ ।
नयाँ सरकार गठन लगायतका विषयमा दलहरूबिच संवाद चलिरहेका बेला प्रचण्ड एक दिनका लागि सिन्धुली पुगेका हुन् ।
प्रतिक्रिया