Logo

प्रमुख समाचार

असन्तुष्टीकाबीच नेकपा एसको कार्यविभाजन, कसले के जिम्मेवारी पाए ? (सूची सहित)



पदाधिकारी र सदस्यहरुको असन्तुष्टीकाबीच नेकपा (एकीकृत समाजवादी)ले विभिन्न नेताहरुलाई जिम्मेवारी दिएर कार्यविभाजन गरेको छ । केन्द्रीय कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण्ड तथा विधि पद्दतिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टी बढेबो भएता पनि केन्द्रीय कमिटीलाई पूर्णता दिएर अन्तर पार्टी निर्देशन जारी भएको हो ।

हिजो तत्कालीन नेकपा र एमालेमा केपी ओलीले विधि पद्दति र मापदण्ड नमानेको भनेर विद्रोह गरेका नेताहरूले नै नेकपा एसमा व्यक्तिवादी प्रवृति देखाएको आरोप नेताहरुले लगाएका छन् ।

नेकपा एसका अन्य सबै जनवर्गीय संगठनका अध्यक्षहरु पार्टीको केन्द्रीय सदस्य मनोनित भएका छन् । तर, अनेरास्ववियूका अध्यक्षलाई भने केन्द्रीय सदस्य नबनाई उनीभन्दा जुनियर र नेताका पिएहरूलाई पार्टीको केन्द्रीय कमिटीमा मनोनित गरिएको भन्दै अनेरास्ववियुका नेताहरुले बढी असन्तुष्टी जनाएका छन् ।

३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दा विधि,पद्दति र मापदण्ड नबनाइएकोमा असन्तुष्टी बढेको नेताहरूले बताएका छन् । नेकपा एसले संगठन विस्तारका लागि ३ महिने अभियान घोषणा गरेको छ । यस क्रममा एक वडा एक सय संगठित सदयस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान सञ्चालन गर्ने भएको छ ।

नेकपा एसको अन्तरपार्टी निर्देशन यस्तो छ :

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ६ : १७ बजे