अन्तरपार्टी महिला सञ्जालले संघ र प्रदेशमा राज्यका हरेक निकायमा हुने नियुक्ति लगायतमा संवैधानिक सुनिश्चतताको माग गरेको छ । सञ्जालले आज प्रदेश दुईका प्रदेशप्रमुख डा. राजेश अहिराजको यसबारे ध्यानाकर्षण पनि गराएको छ । संविधानको धारा ३८ को उपधारा ४ अनुरुप सबै निकायमा समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक छ भन्ने उल्लेख भएपनि संवैधानिक नियुक्ति, राजदूत नियुक्ति, प्रदेश प्रमुख मुख्यमन्त्री, मन्त्रीमण्डल लगायतमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चतताका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराइएको अन्तरपार्टी महिला सञ्जाल धनुषाकी अध्यक्ष विन्दुकुमारी यादवले अनलाइनपानालाई जानकारी दिइन ।
‘संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न हामीले उहाँमार्फत माग गर्यो । यसबारे सम्बन्धित निकायमा आवश्यक समन्वय गर्ने उहाँले जानकारी दिनुभएको छ ।’ उनले बताइन ।
प्रतिक्रिया