नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु हुन् ढिलाई भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे बोलाईएको संसदीय दलको बैठकमा संसद आउने क्रम जारी रहेकाले एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाइएको बैठक माधवकुमार नेपाल पक्षले भने सहभागी नहुने जनाइसकेको छ ।
संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।
यसैगरी केन्द्रीय कमिटी बैठकले महाविधेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताए । एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ ।
प्रतिक्रिया