शनिवार बालुवाटारमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित भएका एमालेका उपाध्यक्ष वामदेव गौतमले केन्द्रीय कमिटी बैठक भने बहिस्कार गरेका छन् ।
आज बिहान बसेको एमालेको संसदीय दलको उक्त बैठकले संसदीय दलको विधानलाई संशोधन गर्ने प्रस्ताव पारित गरेको थियो।
यती बेला केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।
ओली समूहका नेता तथा केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईका अनुसार संसदीय दलको बैठकमा भाग लिएका गौतमले केन्द्रीय कमिटीको बैठक बहिस्कार गरेका हुन। यता नेपाल र खनाल समूहले पनि ओलीले बोलाएका बैठक बहिस्कार गरिरहेको छ।
प्रतिक्रिया